विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार १८:५२

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ ।

टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोस्रो  झापाको विर्तामोडको युनाइटेड क्लबमा १ सय बढी खेलाडीमा सकिएको हो । झापाका विभिन्न सहरबाट आएका युवा क्रिकेटरहरुको सहभागितामा उक्त ट्यालेन्ट हन्ट सम्पन्न भयाे ।

ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दीपेन्द्र चौधरीले छानेका हुन् । झापाबाट उदयमान ५ जना खेलाडी छानिएका छन्  ।

छानिएका खेलाडीसहित अन्य ३  जिल्लाका छानिएका खेलाडी विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दीपेन्द्र चौधरीले जानकारी दिए  ।

यसअघि टिमले इलाममा पनि ट्यालेन्ट हन्ट सम्पन्न गरेको थियो  । इलाम र झापापछि प्रदेशको सुनसरी (जनता क्रिकेट ग्राउण्ड डि भी एम स्कुल इटहरी) मा कात्तिक २९ गते, उदयपुर (थारुहट रंगशाला गाईघाट) मा कात्तिक ३० गते, मोरङ (मेरिलेबन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड विराटनगर)मा मङ्सिर २ गते उक्त ट्यालेन्ट हन्ट आयोजना हुनेछ ।

विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । ‘कोशीको शान हाम्रो पहिचान’  भन्ने नारासहित टिम कोशीका उदयमान खेलाडीहरुको खोजीमा निस्किएको हो ।

क्यानको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म प्रतियोगिता हुन लागेको हो।

 

विराटनगर किंग्सको टिममा सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन भने मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल विदेशी खेलाडी रहेका छन्। त्यसैगरी मुख्य प्रशिक्षकको रुपमा केभिन ओ’ब्रायन रहेका छन्।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.