
झापा । नेपाल खेलकुद महासंघ (नेकोस) राष्ट्रिय आईटीएफ तेक्वान्दो झापाको अध्यक्षमा मनोज खतिवडा निर्वाचित भएका छन् ।
झापाको कमल गाउँपालिकामा भएको नेकोस आईटीएफ तेक्वान्दो संघको प्रथम भेलाले खतिवडाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा भूपेन्द्र चौहान, सचिव कोपला पराजुली, सहसचिव रश्मी राई र कोषाध्यक्ष अनमोल लिम्बू चयन भए ।
त्यस्तै, सदस्यहरुमा सन्देश दर्जी, अंकित लिम्बू, विपिन मगर, इशान दर्नाल, मनिष खतिवडा र महेश खतिवडा चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीण कार्की थिए । नेकोस कोशी प्रदेशका सचिव ओमकुमार श्रेष्ठ, नेपाल आईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय नवीन तामाङलगायतको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।



















