दयाहाङ राई बने विराटनगर किङ्सको ब्राण्ड एम्बासडर

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार २०:४९

काठमाडौं । अभिनेता दयाहाङ राईलाई विराटनगर किङ्सले आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगरले पत्रकार सम्मेलनमार्फत अभिनेता राईलाई ब्राण्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको हो ।

कार्यक्रममा विराटनगर किङ्सका मालिक वैङ्कटेस मुन्द्रा र राईले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे । यस अवसरमा राईले विराटनगरसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘खेलले धैर्यता र अनुशासन सिकाउँछ । कला र खेल क्षेत्रमा लगानी आवश्यक छ, यसले देशको विकासमा योगदान पुर्याउँछ ।’

विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछाने कार्यक्रममा अनुपस्थित रहे । लामिछानेले सामाजिक सञ्जालमा फ्रेन्चाइजसँग सम्बन्धित कुनै गतिविधि नबढाएका कारण पारिश्रमिक विवादको चर्चा पनि भइरहेको छ । यद्यपि, मालिक मुन्द्राले सन्दीप बाहिर रहेकाले कार्यक्रममा आउन नसकेको र आगामी कार्यक्रममा उपस्थित हुने जानकारी दिए ।

विराटनगर किङ्स टोलीमा सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.