
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेल विराटनगर र जनकपुरबीच हुने भएको छ । एनपीएलको उद्घाटन मंसिर १५ गते हुने छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेल १२ः१५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानले खेल तालिका सार्वजनिक गर्दै विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच पहिलो प्रतिस्पर्धा हुने जनाएको हो ।
उपनिर्वाचन परेकाले मंसिर १६ गते दोस्रो खेल राखिएको छैन । सिंगल राउण्ड रोविनका आधारमा हुने एनपीएलमा लिग चरणमा २८ खेल हुने छ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
पहिलो र दोस्रो हुने टिमबीच क्वालिफायर वान हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर हुनेछ ।
एलिमिनेटरमा पराजित हुने टोली बाहिरिने छ । एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । यसको विजेता फाइनल पुग्ने छ ।
क्यानका अनुसार एनपीएलको फाइनल खेल पुस ६ गते हुने छ । प्रतियोगिताको खेलहरु विश्व चर्चित भारतीय च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने जनाइएको छ ।
यस्तो छ खेल तालिका



















