नेपाली क्रिकेटले विश्वमा राम्रो छवि बनाएको छ : मुख्यमन्त्री कार्की

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार ०९:१०

विराटनगगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाएको बताएका छन् ।

विराटनगरमा मंगलबार साँझ विराटनगर किंग्सको जर्सी तथा गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले क्रिकेटबाट नेपालले विश्वमा पहिचान बनाउन सफल भएको बताए । खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकसमेत नेपालको सफलतामा बधाईको हिस्सेदार रहेको उनको भनाइ छ ।

विराटनगर किंग्स नेपालको सम्राट भएर विश्वमै परिचय दिने कार्कीको विश्वास छ । खेलकुदको विकासमा आफ्नो क्षमताभित्र रहेर सधैं साथ दिने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले व्यक्त गरेका छन् ।

‘के कस्तो सहयोग गर्नु पर्छ आफ्नो क्षमताभित्र रहेर गर्ने प्रतिबद्धता व्यक्त गर्न पाउँदा मलाई हर्षको अनुभूति भएको छ,’ उनले भने, ‘नेपालको खेलकुदमा क्रिकेटप्रति चासो बढेको भएपनि सरकारले यथोचित सहयोग गर्न सकिरहेको छैन ।’ क्रिकेटका सबै संरचनाहरु बनाउन उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

कीर्तिपुरको रंगाशालाले समयमै पूर्णता पाउने र देशभर नै खेलकुदका संरचना बन्ने विश्वास उनले व्यक्त गरेका छन् । कार्कीले क्रिकेटका संरचनाहरु बनाउन कोशी प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा काम गर्ने बताए ।

‘कोशीको सान, हाम्रो पहिचान’ भन्ने नारासहित नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व विराटनगर किंग्सले गर्ने छ । त्यसमा उत्साह थप्न मंगलबार साँझ जर्सी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका प्रमुख सचिव केदार शर्मालगायतको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.