कराँतेको राष्ट्रिय एलिट प्रशिक्षक प्रशिक्षण शनिबारदेखि

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ६, बिहीबार १९:२३

काठमाडौं । काठमाडौं जिल्ला कराँते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराँते संघको संयोजनमा राष्ट्रिय इलिट कराँते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ ।

प्रशिक्षणमा करिब १ सय ५० प्रशिक्षकको सहभागिता रहने आयोजक महासंघका अध्यक्ष ज्ञानबहादुर जिम्बाले जानकारी दिए ।

उनका अनुसार सहभागीलाई कराँतेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र कराँतेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिने छन् ।

उनीहरुलाई काठमाडौं जिल्ला सितोरियो कराँते संघका अध्यक्ष एवं शंखडोल कराँते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारन्जितले सहयोग गर्ने छन् ।

त्यस्तै, सहभागीलाई सुलोचना सिजाख्वा र शिवराज भट्टले खुराक, स्पोर्ट्स साइकोलोजी र खेलकुद विज्ञान सम्बन्धी ज्ञान दिने छन् ।

३ दिने प्रशिक्षण जोरपाटीस्थित शंखडोल कराँते एकेडेमीमा हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.