
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली विराटनगर किङ्सले प्रशिक्षण सुरु गरेको छ ।
विराटनगर महानगरपालिका – ६ मा रहेको क्रिकेट मैदानमा विराटनगर किङ्सले प्रशिक्षण सुरु गरेको हो ।
प्रशिक्षणमा विराटनगर किङ्सको मार्की प्लेयर्स सन्दीप लामिछानेसहित अन्य खेलाडी सहभागी छन् ।
मंसिर १५ गतेदेखि एनपीएल सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ड्स बीच हुनेछ । प्रतियोगितामा ८ टोली सहभागी छन् । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुने खेल पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।



















