दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको पहिलो जित

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १०, सोमबार १७:३८

काठमाडौं । पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप टि–२० क्रिकेट प्रतियोगिता नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

प्रतियागिताअन्तर्गत आज भएको खेलमा नेपालले अफगानिस्तानलाई १ सय ८ को फराकिलो रन स्कोरले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ थालेको नेपालले २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय २८ रनको चनौती खडा गरेको थियो । उपकप्तान पदमबहादुर बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन, नरेश चौधरीले ६२ बलमा अविजित ७२ रन, भरत थापाले २१ तथा सागर लामाले ४ रन बनाए ।

अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिए ।

अफगानिस्तानले पाएको २ सय २९ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा सबै विकेट गुमाएर १ सय २० रनमै समेटियो । अबाशिनले ५२, द्वारनले २१ र शराफतले १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले ३ तथा भरत थापा, अमिश गुरागाईं र सुनिल सुवेदी क्षेत्रीले १–१ विकेट लिए ।

नेपालले मंगलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । उक्त खेल जिते नेपाल सेमिफाइनलमा स्थान बनाउने छ ।

यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.