एनपीएलको टिकट दर सार्वजनिक

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ११, मंगलबार ०६:३२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिक्री हुने टिकटको मूल्य सोमबार सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले खेलहरूको टिकट दर बाहिर ल्याएको हो ।

क्यानले उद्‍घाटन, प्लेअप, फाइनल, नियमित खेल गरी छुट्टाछुट्टै टिकटको मूल्य तोकेको छ । जसमा उद्‍घाटन खेलका लागि साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय मूल्य राखिएको छ।

प्लेअप खेलमा साधारणतर्फ ५ सय र भीआईपीतर्फ ७ सय मूल्य तोकिएको छ । फाइनलमा साधाणतर्फ ५ सय भीआईपीतर्फ एक हजार मूल्य कायम गरिएको क्यानले जनाएको छ ।

त्यसबाहेकका खेलमा साधारणतर्फ ३ सय र भीआईपीतर्फ ५ सय मूल्य राखिएको छ । क्यानका अनुसार पूरा सिजनका लागि टिकट किन्दा २० प्रतिशत छुटको व्यवस्था छ।

सिजनका लागि पास लिनुपर्दा साधारणतर्फ ४ हजार ४ सय ८० र भीआईपतर्फ ८ हजार २ सय ४० रुपैयाँ तोकिएको छ। आगामी मंसिर १५ गतेदेखि टियु क्रिकेट मैदानमा एनपीएल हुँदै छ । उद्घाटन खेलमा विराटनगर र जनकपुरबीच प्रतिस्पर्धा हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.