
विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको अध्यक्षमा मानबहादुर खत्री निर्वाचित भएका छन् ।
भोजपुरको षडानन्द नगरपालिकामा सम्पन्न भएको नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको प्रथम सम्मेलनले खत्रीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
प्रथम सम्मेलनले खत्रीको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा सजिना तामाङ, सचिव छिना गुरुङ, उपसचिव रोमिला राई, कोषाध्यक्ष मिलन तामाङ चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा सक्सेस राई, नरेश खत्री, आकाश तामाङ, कृष्णधन तामाङ, कैलाश तामाङ, वीरेन्द्र तामाङ, चन्द्र बस्नेत, नवीन राई र जेम्स राई चयन भए ।
नेकोस राष्ट्रिय आईटीएफ तेक्वान्दा संघ कोशी प्रदेश सचिव ओमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीण कार्कीलगायतको उपस्थिति रहेकाे थियाे ।



















