एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा 

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १२, बुधबार ११:५१
खेलाडी विदाइका क्रममा मुख्यमन्त्री ।

विराटनगर । विराटनगर किङ्सले एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घोषणा गरेका छन् ।

विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि  विजेता बनेर फर्किए ३० लाख पुरस्कार दिने  घोषणा गरेका हुन् ।

नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग कोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ ।

मुख्यमन्त्री कार्कीले टोलीलाई बिदाई गर्दै जितको शुभकामना  दिए । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए ।

क्रिकेटबाट  राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उनको भनाइ छ ।

‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ, मुख्यमन्त्री कार्कीले भने,‘ आगामी दिनमा खेलकुदको विकासकालागि थप योजनाहरू अघि सारिनेछ ।’

प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने  छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.