एनपीएल आजदेखि, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्दै

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार ०७:४६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी– २० फ्रेन्चाइज लिग आजदेखि सुरु हुँदैछ ।

एनपीएल फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ ।

विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन् ।

सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् । उद्घाटन खेलका लागि दुवै टोली तयार रहेको कप्तानले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.