एनपीएल : विजेताले १ करोड ११ लाख पुरस्कार पाउने, तेस्रो हुनेलाई ३० लाख

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १३:५०

काठमाडौं । शनिबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटनका क्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने घोषणा गरिएको हो ।

प्रतियोगिताको उपविजेताले ५० लाख नगद पुरस्कार पाउनेछ । तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउनेछ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा २८ खेल हुनेछ ।

लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफ हुनेछ । प्लेअफमा पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ । यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन् ।

एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ । यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.