
काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटियो ।
विराटनगरका लागि मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे । अकिव इल्यास १५ रन बनाए ।
विराटनगरलाई कम स्कोरमा समेट्नका लागि जनकपुरका लागि ललित राजवंशीले कसिलो बलिङ गर्दै ३ विकेट लिए । हर्ष थक्कर र किशोर महतोले दुई– दुई विकेट लिए, मोहमद मोहसिन र माइकले एक–एक विकेट लिए ।



















