
काठमाडौं । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई १ सय १२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिलो ब्याटिङको मौका पाएको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रनमै समेटियो । काठमाडौंका सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन, माइकल लेभिटले १६ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन, डान डाउथवेटले १९ र शंकर रानाले १६ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोर अंक बनाउन सकेनन् ।
चितवनका सोहेल तन्भिरले ५, रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १–१ विकेट लिए ।
चितवनले लक्ष्य भेटाउनका लागि खैल्दै छ । सामाचार तयार पार्दासम्म चितवन १० ओभरमा ५ विकेटको गुमाउँदै ७२ रनमा खैल्दै छन् ।
आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताका लागि प्रयास गर्नेछ ।
उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ ।



















