एनपीएलः कर्णालीले जनकपुरसामु १४२ रनको चुनौती प्रस्तुत

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १७, सोमबार १४:५६

काठमाडौं । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १४२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार परेको छ । गुलसन झाले ३६ रन, अर्जुन घर्तीले ३३ रन, सोमपाल कामीले २९ रन, शिखर दवनले १४ रन र बाबर हायतले १२ रनको योगदान गरे ।

जनकपुरका मोहम्मद मोहसिनले २, हर्ष थाकर, ललितनारायण राजवंशी, जेम्स निशम र किशोर महतो समान १ विकेट लिए ।

पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताका लागि प्रयास गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.