
विराटनगर । नेपाल प्रिमियर लिगमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक जित निकालेको छ । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले आठ विकेट गुमाएर अन्तिम एक बल बाँकी छदा पूरा गर्यो ।
अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चाहिएको थियो । क्रिस सोलले १ बाल बाँकी हुँदा १६ रन जोडेर विराटनगरलाई जित दिलाए ।
अघिल्ला दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो ।
विराटनगरका लागि ओपनर लोकेश बमले ७१ रन बनाए । अर्का ओपनर इस्मत अलाम भने शून्यमै आउट हुँदा मार्टिन गप्टिलले १७ बलमा २८ रन जोडे । राजेश पुलामी ४ रन र निकोलास किर्टोन शून्यमा आउट भए । बसिद अहमद ४० रनमा आउट भए । बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए ।
टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ७ विकेटको क्षतिमा १९१ रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ४६ रन जोडे । विवेक यादवलेले १९ रन जोडे । आशुतोष घिरैयाले १५ रन र अर्जुन साउदले १७ रन जोडे । टस मुर्स ३० रन जोडे। सन्दीप जोरा १२ रन जोडेका थिए ।
अंक तालिकामा जनकपुर २ खेलमा २ जित निकाल्दै ४ अंक, चितवन २ खेलमा २ जित निकाल्दै ४ अंक, काठमाडौं २ खेलमध्ये १ जित १ हारका साथ २ अंक, सुदूरपश्चिम १ खेल जित्दै २ अंक, विराटनगर ३ खेलमा १ जित २ हारका साथ २ अंक, लुम्बिनी १ खेलमा हार्दै अंकविहीन, पोखरा १ खेलमा हार्दै अंकविहीन र कर्णाली २ खेलमा २ खेल हार्दै अंकविहीन छन् ।



















