
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (बिहीबार)को पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।
जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । यो जनकपुरको लगातार तेस्रो जित र पोखराको लगातार दोस्रो हार हो ।
जिमी नीशमको अलराउण्ड प्रदर्शन मद्धतमा जनकपुर बोल्ट्स लगातार जित निकाल्न सफल भएको छ । लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको थियो ।



















