
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछ ।
पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।चितवनले लगातार दुई खेल जितेर अपराजित छ । कर्णाली याक्सले सुरूवाती दुवै खेल हारेको थियो ।
दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
याे खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ ।
दुवै टोली जीतविहीन छन् । आजको खेलमा दुई टोली नै पहिलो नितको खोजीमा हुनेछन् ।



















