
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।
पोखराका आन्द्रेस गौसले शतकीय पारी खेल्दै लुम्बिनीविरुद्ध १० विकेटमाथिको सानदार जित निकालेको छ ।
कीर्तिपुरको टियु मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार पारेको थियो । रोहित पौडेलले ९५ रन, टम मुर्सले ४५ रन र सन्दीप जोराले १८ रन बनाए । बलिङमा पोखराका विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए ।
१ सय ७१ रनको लक्ष्य पाएको पोखराले १६ ओभर ५ बलमा कुनै विकेटको क्षतिमा पूरा गरेको थियो । आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए भने दिनेश खरेलले ६१ रन बनाए ।



















