एनपीएलमा आज पनि दुई खेल

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २३, आइतबार ०७:४८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुने छ ।

आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुने छ । जनकपुरले लगातार तीन जीत निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ । आजको खेलमा लुम्बिनी दबाबमा छ ।

आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल हारेको चितवनसँग चार अंक छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.