लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २३, आइतबार १६:५२

काठमाडौं। पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दितन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीको अनुमतिसँगै अब प्रहरीले थप ४ दिन हिरासतमा राखेर लामिछानेमाथि अनुसन्धान गर्न पाउने भएको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

प्रहरीले आइतबार १३ दिनको म्याद मागेको थियो । सहकारी ठगी प्रकरणमा काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेर लामिछानेलाई पोखरा लगिएको थियो ।

सहकारी ठगी प्रकरणमै लामिछानेविरुद्ध चितवन, बुटवल, काठमाडौं र पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । चितवन, बुटवल र काठमाडौं यसअघि नै बयान भइसकेको छ ।

clockप्रकाशित मिति:  २०८१ मंसिर २३, आइतबार १६:५२
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.