‘बार डे’मा उच्च बारको विविध कार्यक्रम

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष ७, आइतबार २१:२३

विराटनगर । उच्च अदालत विराटनगर बार एशोसिएसनले विभिन्न कार्यक्रम गरी ६९ औं बार दिवस मनाएको छ ।

प्रभातफेरी र ६९ औं बार दिवसको अवसरमा ‘न्यायीक विचार’ पुस्तक विमोचन कार्यक्रम गरी ६९ औं बार दिवस मनाएको हो ।

Advertisement

होटल ईस्टन स्टारमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, बालकृष्ण ढकाल, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नेपाल बारका उपाध्यक्ष सुरज खत्री, वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ, रमेश कोइराला, सीताराम राई, नारायण वस्ती, कोशी प्रदेशका पूर्वमुख्यन्यायाधीवक्ता चुडामणी आचार्य, प्रध्यापक कृष्ण पोखरेललगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले न्यायालयप्रति आम नागरिकको विश्वासलाई बढाउनुपर्ने बताएका थिए ।

कानुन व्यवसायीहरूको चुनौतीलाई संगठित रूपमा सामना गर्न बौद्धिक र रचनात्मक कार्यक्रमहरूको आयोजना गरिएको पुस्तक प्रकाशन समितिका संयोजक देवीबहादुर घिमिरेले बताए । ५० वर्षे इतिहास समेटिएको बारको पुस्तकमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, तिलप्रसाद श्रेष्ठलगायतका लेख प्रकाशित छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.