देशभरका कानुन व्यवसायी महिला विराटनगरमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष १२, शुक्रबार २१:३१

 

विराटनगर । देशभरका एक हजार भन्दा बढी कानुन व्यवसायी महिला विराटनगरमा भेला भएका छन् । ३१ औं राष्ट्रिय सम्मेलनका लागि कानुन व्यवसायी महिला विराटनगरमा भेला भएका हुन् ।

Advertisement

सम्मेलन शनिबार र आइतबार (पुष १३–१४) विराटनगरमा हुनेछ ।

देशभरबाट महिला कानुन व्यवसायी सहभागी हुने सम्मेलनको सम्पूर्ण तयारी पनि पुरा भएको छ । नेपाल बार एशोसिएशनले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो ।

सम्मेलनमा भाग लिन ७७ वटै जिल्ला बार, सबै उच्च बार, सर्वोच्च बारसहित देशभरका एक हजार भन्दा बढी कानुन व्यवसायीहरु विराटनगर आइसकेका छन् ।

सम्मेलनमा महिलाको समानुपातिक सहभागीता, अवसर र चुनौती, कानुन व्यवसायी महिलाको पेशागत अवस्था, चुनौती र आर्थिक सवलीकरण, लैगिंक तथा यौनजन्य हिंसा पीडितको न्यायमा पहुँचको अवस्था, पुनस्र्थापना, निःशुल्क कानुनी सेवाको बिषयमा छलफल हुनेछ ।

न्यायीक समितिको क्षेत्राधिकार तथा मेलमिलाप, विवाद समाधानका चुनौतीहरु, वातावरण परिवर्तनको प्रभावले महिलामा पार्ने असरहरू, वित्तिय क्षेत्रमा रहेका सम्भावना र चुनौती, प्रजनन् स्वास्थय अधिकार र सुचना तथा प्रविधिमा महिलाको पहुँचका बिषयमा छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.