मृत्यु शोकमा सर्वोच्चको सबै सुनुवाइ स्थगित

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १४, आइतबार १२:३९

काठमाडौं । सर्वोच्च अदालतको आज आइतबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ ।

पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा आइतबारको सर्वोच्चले सुनुवाइ स्थगित गरेको हो ।

सर्वोच्च अदालतमा बसेको बैठकले शोक प्रस्ताव पारित गरी इजलास नबस्ने निर्णय गरेको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन् ।

अदालतका अन्य कामकारबाही भने हुनेछ ।

पूर्वन्यायाधीश वस्तीको ७१ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.