देशभर डेढ लाख होटल रेस्टुरेन्ट, लगानी २ खर्ब १६ अर्ब

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १८, बिहीबार ०७:४२

काठमाडौं । नेपालमा डेढ लाख होटेल तथा रेस्टुरेन्ट रहेका छन् । जसमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० मा आवास तथा भोजन सेवासँग सम्बन्धित एक लाख ४२ हजार २२३ होटलहरु रहेका छन् । जसमा दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको लगानी रहेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा सो सर्वेक्षण गरेको थियो । ती प्रतिष्ठानले कुल तीन खर्ब २६ अर्ब एक करोड चार लाख रुपियाँ आम्दानी गरेको सर्वेक्षणले देखाएको छ । होटल तथा रेस्टुरेन्टले अर्थतन्त्रमा करिब एक खर्ब नौ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालुएड) गरेको सर्वेक्षणले देखाएको छ ।

एक लाख ४२ हजार २२३ आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा तीन लाख ८७ हजार ७४७ जना व्यक्ति संलग्न छन् । होटल व्यवसायमा एक लाख छ हजार ४५९ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । कर्मचारीलाई तलबरज्याला र सुविधामा २० खर्ब ६१ करोड ५० लाख रुपियाँ खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ ।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता डा। हेमराज रेग्मीले सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटेल, रिसोर्ट, गैर तारे होटेल होमस्टेको अवस्थाको अध्ययन गरिएको जानकारी दिए ।

एक लाख ४२ हजार प्रतिष्ठानको स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको रहेको अध्ययनले देखाएको उनले जानकारी दिए ।

स्थायी सम्पत्तितर्फ सबैभन्दा धेरै बागमती प्रदेशमा दुई खर्ब ४१ अर्ब २९ करोड ९६ लाख पाँच हजार बराबरको रहेको छ । दोस्रोमा गण्डकी प्रदेशमा एक खर्ब छ अर्ब ६४ करोड, कोशी प्रदेशमा ८५ अर्ब ६९करोड स्थायी सम्पत्ति रहेको छ ।

लुम्बिनी प्रदेशमा ५१ अर्ब ३६ करोड, सुदूरपश्चिम प्रदेशमा २२ अर्ब ९९ करोड, मधेश प्रदेशमा २२ अर्ब २३ करोड र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ अर्ब एक करोड बराबरको स्थायी सम्पत्ति छ । मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा होटेल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत रहेको छ ।

कोशी प्रदेशमा २५ हजार ८८७, मधेश प्रदेशमा ११ हजार ७४०, बागमती प्रदेशमा ५२ हजार १२३, गण्डकी प्रदेशमा १६ हजार ९७६, लुम्बिनी प्रदेशमा २० हजार १५८, कर्णाली प्रदेशमा सात हजार ११० र सुदूरपश्चिम प्रदेशमा आठ हजार २२८ होटेल रेस्टुरेन्ट छन् ।

होटेलमा कोठा सङ्ख्या एक लाख १६ हजार एक सय छन् । त्यसमा तारे होटेलमा आठ हजार ४९६, ताराविहीन होटेलमा एक लाख ७५, रिसोर्ट तीन हजार ८२९ र होमस्टेमा तीन हजार सात सय कोठा छन् ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.