भोजपुरका खेलकुद संरचनाको अनुगमन

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १८, बिहीबार १९:१५

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले भोजपुर जिल्लाको खेलकुद संरचनाको अनुगम तथा निरीक्षण गरेको छ ।

आज (बिहीबार)जिल्लामा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)नेतृत्वको टोलीले खेलकुद संरचनाहरुको अनुगम तथा निरीक्षण गरेको हो ।

सदस्यसचिव बस्नेत नेतृत्व टोलीले भोजपुर रंगशाला, षडानन्द कभर्ड हल, उसु हललगायतको खेलकुद संरचनाको अनुगम तथा निरीक्षण गरेको बोर्डका अधिकृत कालिदास भट्टराईले जानकारी दिए ।

भट्टराईले बोर्ड मातहतका कार्यालय तथा खेलकुद संरचनाको अभिलेखन गर्ने तयारी गरेकाले प्रदेशका विभिन्न जिल्लाको संरचना अनुगम तथा निरीक्षण गरिरहेको बताए ।

त्यस्तै, जिलला खेलकुद विकास समिति भोजपुरले आयोजना गरेको खेल संघ तथा संस्थाहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्यसचिव बस्नेतले खेलकुद बोर्डले छिटै संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर खेलकुद बोर्ड मातहतका कार्यालयहरुमा प्रशिक्षक तथा कर्मचारी नियुक्ति गर्ने प्रष्ट पारे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.