टेनिस टोली श्रीलंका जाँदै

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २६, शुक्रबार १९:३१

काठमाडौं । आईटीएफ एसिया यू–१४ डेभ्लोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंको कोलम्बो जाने भएको छ ।

जनबरी १३ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष / महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

पुरुषमा विश्वविशेष डल्लाकोटी र साङ्गे रोकाया तथा महिलामा शिभाली गुरुङ र साल्भी शेरचनले खेल्ने छन् ।
प्रशिक्षकमा छेवाङ लामा छन् ।

टोलीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.