विश्वकप क्रिकेट खेल्ने नेपाली टोली आज मलेसिया जाँदै

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २७, शनिबार ०७:०८

काठमाडौं । आइसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ । मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यान)ले शुक्रबार बिदाई गरिसकेको छ ।

महेशप्रसाद रिजाल प्रशिक्षक रहेको टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् । विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ । क्यानका अनुसार १६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डको टिम रहेका छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य भने नयाँ प्रतिद्वन्द्वी टोली हुन् ।

नेपालले माघ ५ बाट बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । यसैगरी, नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्ने तालिका तय भइसकेको छ ।

काे काे छन् नेपाली टोलीमा ?
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुवँर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.