पदक विजेता गल्फर सदभाव र राहुल स्वदेश फर्किए

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष २८, आइतबार २१:०१

काठमाडौं । बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८ औं संस्करणमा दोहोरो स्वर्ण विजेता सदभाव आचार्यसहित नेपाली गल्फ टिम आज (आइतबार) स्वदेश फर्किएका छन् ।

सदभावले प्रतियोगिताको उपाधि जित्दै इतिहास बनाए । ४ दिने प्रतियोगितामा सदभावले समग्रमा ३–ओभर २९१ को स्कोर निकालेका थिए । यी स्कोरमा उनले ६ स्ट्रोकको फराकिलो अन्तरमा व्यक्तिगत स्पर्धाको उपाधि जितेका थिए ।

Advertisement

उनी यो च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडीको हकदार बने । नेपालले सन् १९८८ को दोस्रो संस्करणदेखि सहभागिता जनाउँदै आए पनि उपाधि जितेको यो पहिलो पटक हो ।

सदभाव टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी पनि बने । व्यक्तिगततर्फ यसअघि सुवाश तामाङले रजत तथा दीपक आचार्यले कास्य जितेका थिए । टिमतर्फ भने सुवाश र सदभावले ३६ औं संस्करणमा स्वर्ण पदक जितेका थिए ।

त्रिभुवन विमानस्थलमा नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, महासचिव दीपक आचार्य तथा सदस्य दीपक थापा मगरलगायतले दोहोरो स्वर्ण विजेता सदभाव, टिमतर्फ स्वर्ण जितेका राहुल बिके तथा नेपाली महिला खेलाडीद्वय तारा कार्की चित्रकार र सम्झना खत्रीलाई स्वागत गरे ।

टिम स्पर्धामा नेपालले बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले हराउँदै स्वर्ण जितेको थियो । सदभाव र राहुलको जोडीले इभन–पार २८८ स्कोरमा स्वर्ण जितेको हो ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कूल १ सय खेलाडीले भाग लिएका थिए ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.