नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै वेष्ट इन्डिज

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २९, सोमबार १३:०६

काठमाडौं । आईसीसी यू–१९ महिला टी २० विश्वकपको अभ्यास खेलमा नेपालविरुद्ध टस जितेर वेष्ट इन्डिजले ब्याटिङ थालेको छ ।

विश्वकपको तयारी स्वरूप आज (सोमबार) मलेसियास्थित कोलेज तुन्कु जाफार मैदानमा पहिलो अभ्यास खेलमा नेपालविरुद्ध वेष्ट इन्डिजले टस जितेर ब्याटिङ गर्दै छ । नेपालले दोस्रो अभ्यास खेल १५ जनबरीमा अमेरिकासँग खेल्ने छ ।

विश्वकपमा सहभागी हुनका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा प्रशिक्षकमा महेशप्रसाद रिजाल छन् ।

अरु खेलाडीमा साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुवँर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.