काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि ३ वटा टोलीले खेलाडी सार्वजनिक गरेका छन् ।
प्रतियोगितामा सहभागी सशस्त्र प्रहरी बलको (एपीएफ क्लब), सुदूरपश्चिम र बागमतीले टोलीका खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । अन्य टोलीले पनि धमाधम छनोट सकेर टिम सार्वजनिक गरिरहेका छन् ।
एपीएफ क्लबले इन्दु बर्माको कप्तानीमा रोमा थापा, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, सरिता मगर, विन्दु बुढा मगर, रेखा रावल, सबनम राई, करुणा भण्डारी, निशा भट्ट, सुमन बिष्ट, नगीता पुन र सन्जु लामाको नाम घोषणा गरेको छ ।
त्यस्तै, सुदूरपश्चिमले विन्दु रावलको कप्तानीमा शोभा रोकाया, रितु कनोजिया, कविता कुँवर, करिष्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मन्जु बिष्ट, मनिषा बोहरा, रविना धामी, आशिका महरा र मनिष खत्रीको नाम सार्वजनिक गरेको छ ।
त्यसैगरी, बागमतीको टोलीमा कन्चन श्रेष्ठ, हेलिसा गुरुङ, सोनु खड्का, यसु पाण्डे, विपिषा शाही, मनिषा उपाध्याय, यशोदा बिष्ट, हिमानी तामाङ र पूजा साउद, एली यादव, संस्कृति फुयाल, सानिया गिरी, सविकाकुमारी यादव, प्रशंसा घिसिङ, सलिना सिलवाल, अनुष रोका, गंगा बस्नेत र आदित्य पौडेल रहेका छन् ।
यसअघि नै त्रिभुवन आर्मी क्लबले लक्ष्मी साउदको कप्तानीमा रुवि पोद्दार, निग्मा तामाङ, मनिषाकुमारी चौधरी, अञ्जली विश्वकर्मा, सम्झना खड्का, आश्मा पुलामी मगर र सुस्मिता भुसाल, राधिका पुजारा, संगीता गुरुङ, यमुना थारु, सीता शाही, पिंकी बोहरा र ईश्वरी बिष्टको नाम सार्वजनिक गरेसकेको छ ।
माघ १ देखि १२ गतेसम्म सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला रंगशालामा हुन लागेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार (भोली)को उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशको सामना गर्नेछ । अर्को खेल एपीएफ र कर्णाली प्रदेशबीच हुनेछ ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपीएफ छन् । समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।
प्रतिायोगिताबाट नेपालको राष्ट्रिय क्रिकेट टिम छनोट हुनेछ । क्यानले पीएम कपपछि ४ देशको महिला क्रिकेट शृंखला नेपालले नै आयोजना गर्दैछ ।



















