खो खो विश्वकपमा नेपालसँग भुटान पराजित

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार १४:२०

काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपालको महिला टोलीले भुटानलाई पराजित गरेको छ । भुटानलाई हराएर नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३–२४ ले हराएको छ । सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोलीले भुटानमाथि विजय प्राप्त गरेपछि नेपालकी मानवती धामी उत्कृष्ट खेलाडी घोषित भइन् ।

नेपालले आजै जर्मनीसँग अर्को खेल खेल्ने छ । समूह ‘सी’ मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग र बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्‍वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

पुरुषतर्फ समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ ले हारेको थियो । पुरूषतर्फ आज नेपाल र पेरुबीच प्रतिस्पर्धा हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.