खो–खो विश्वकपमा नेपालसँग जर्मनी पनि पराजित

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार १८:४५

काठमाडौं । भारतमा जारी खो–खो विश्वकपमा नेपालको महिला टोलीसँग जर्मनी पनि पराजित भएको छ । जर्मनीलाई स्तब्ध बनाउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालले जर्मनीलाई ७३–३४ ले पराजित गरेको हो । मंगलबार नै भएको पहिलो खेलमा नेपालले भुटानलाई ९३–२४ ले हराएको थियो ।

समूह ‘सी’मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग तथा बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.