विश्वकपको तयारीका लागि अमेरिकासँग खेल्दै नेपाली टोली

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २, बुधबार ०७:३१

काठमाडौं । आईसीसी यू– १९ महिला टी २० विश्वकपको तयारीका लागि नेपालले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार आज बिहान मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा हुनेछ ।

पहिलो अभ्यास खेलमा नेपाल वेष्टइन्डिजसँग ९ रनले पराजित भएको थियो ।

विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसियामा छ ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा यू– १९ महिला टी२० विश्वकप हुनेछ । प्रतियोगितामा १६ टिम सहभागी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.