मोरङको पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३, बिहीबार १६:३६

 

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ स्थित बुद्ध माध्यमिक विद्यालयसँगै रहेको खेल मैदान निर्माण सुरु भएको छ ।
विद्यालयसँगै रहेको करिब २ बिघा क्षेत्रफलको खेल मैदान निर्माण कार्य सुरु गरिएको हो । पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा निर्माण थालिएको खेल मैदान निर्माण पूरा भएपछि विद्यालयका साथै अन्य क्लबले प्रयोग गर्न सक्ने छन् ।
नगरपालिकाको १० लाख रुपैयाँको सहयोगमा खेल मैदान बनाउन थालिएको ७ नम्बरका वडाध्यक्ष नवीनजंग कार्कीले जानकारी दिए । उनले यो खेल मैदान तयार भएपछि प्रतियोगिता आयोजना गर्नुका साथै दैनिक विभिन्न खेलका अभ्यास गर्न सहज हुने बताए ।
वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
यस क्षेत्रबाट ‘ए’ र ‘बी’ डिभिजन लिग फुटबल खेल्ने खेलाडी उत्पादन भइसकेका छन् । खेल मैदान राम्रो भएमा फुटबल खेलाडी उत्पादन हुने बताइएको छ ।
वडाको सक्रियतामा बन्न लागेको सो रंगशालाको पूर्णतापछि पथरीशनिश्चरे नगरपालिकामा खेल मैदान अभाव नहुने पूर्वराष्ट्रिय खेलाडी तथा पथरीशनिश्चरे नगर खेलकुद संयोजक दीपक राईले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.