यू–१९ महिला विश्‍वकप : स्कटल्याण्डको सामना गर्दै नेपाल

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार ०७:०९

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्‍वकप २०२५ अन्तर्गत आज (सोमबार) नेपालले स्कटल्याण्डको सामना गर्ने छ ।

यो विश्वकपमा नेपालले दोस्रो खेल खेल्न लागेको हो । नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार मध्यान्ह १२ः१५ बजेबाट सुरू हुनेछ ।

नेपाली टोलीको कप्तान पुजा महतो छिन् । स्कटल्याण्डको नियाम मुइर हुन् । पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको नेपालका लागि स्कटल्याण्डसँगको खेल निक्कै महत्वपूर्ण रहने छ ।

स्कटल्याण्ड पनि पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । नेपाल बंगलादेशसँग ५२ रनमा तथा स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो ।

नेपालले महिला क्रिकेटको इतिहासमा स्कटल्याण्डसँग पहिलोपटक खेल्न लागेको हो । स्कटल्याण्डलाई पराजित गरेमा नेपाल सुपर सिक्समा पुग्ने बलियो आधार तयार हुने छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.