२९ औं ‘टेस्टी टेस्टी हाजिरीजवाफ’ प्रतियोगिता हुँदै

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार १९:४८

विराटनगर । विराटनगरमा २९ औं ‘टेस्टी टेस्टी हाजिरीजवाफ’ प्रतियोगिता हुने भएको छ ।

विराटनगर जुनियर जेसिजले सोमबार (आज)पत्रकार सम्मेलन गर्दै २९ औं ‘टेस्टी टेस्टी हाजिरीजवाफ’ प्रतियोगिता हुने जानकारी दिएको हो । जुनियर जेसिजका अध्यक्ष गौरव कर्णले प्रत्येक वर्ष विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता गर्दै आएको बताए ।

उनका अनुसार २९ औं संस्करणको हाजिरीजवाफ प्रतियोगिता माघ ९ देखि ११ गतेसम्म विराटनगरस्थित आरोहण गुरुकुलमा हुनेछ ।

प्रतियोगितामा निजी तथा सामुदायिक १८ वटा विद्यालयको सहभागिता रहेको छ । सहभागी विद्यालयलाई ३ वटा समूहमा विभाजन गरिने र प्रत्येक समूहको विजेता तथा उपविजेता फाइनल चरणमा पुग्ने छन् ।

प्रतियोगितामा प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, विराटनगर जेसिजका अध्यक्ष प्रितेशराज दाहाललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.