कारबाहीमा परे सन्दीप लामिछाने

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ८, मंगलबार १५:०१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई अनुशासनको कारबाही गरेको हो ।

लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन् । गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए ।

लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको थियो । लामिछानेले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएको ठहर क्यानको छ ।

क्यानले एक खेलका लागि निलम्बन गरेका कारण अब सन्दीपले क्यानद्वारा आयोजित कुनै एक खेल खेल्न पाउने छैनन् । लामिछानेले सामाजिक सञ्जालमा लेखेपछि उनले क्रिकेटबाट सन्यास लिन लागेको अनुमान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.