उपत्यकाव्यापी कराते प्रतियोगिता फागुनमा हुने

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ८, मंगलबार १७:००

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय साथै पाँचौ मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समूह, ९  औं केबिन रोहन स्मृति उपत्यका व्यापी क्योकुसिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिता ९ र १० गते दक्षिणकाली नगरपालिका– १ चाल्नाखेलमा हुने भएको हो । विभिन्न तौल समूहमा विभाजन गरी पुरुष र महिला नेपाली तथा विदेशी गरी ३ सय खेलाडीहरूकाे सहभागिता रहने अध्यक्ष विनोद गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए । 

कराते संघले खेलकुदको गतिविधिलाई प्रमुख रुपमा अगाडि बढाइ यो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । हालै भारतमा भएको २०२४ को अन्तर्राष्ट्रिय प्रतियोगितामा यस संघका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरी सफल नतिजा प्राप्त गरेका थिए । 

संस्थाको प्रथम साधारणसभा तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले खेल स्वस्थ रहनका लागि पहिलो व्यायाम हो ।

उनले समाज अनुशासित बन्नका लागि र स्वच्छ समाज निर्माणका लागि खेल अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.