शिक्षा सन्देशसँग अर्किड पराजित

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ८, मंगलबार १८:२२


विराटनगर । डिफेन्डिङ च्याम्पियन विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै बेलबारीको शिक्षा सन्देश कलेज विजयी सुरुवात  गरेको छ ।

उच्च माध्यमिक शिक्षालय संघ (हिसान)मोरङले आयोजना गरेको ‘हिसान खेल सप्ताह’अन्तर्गत मंगलबार (आज)भएको उद्‌घाटन खेलमा शिक्षा सन्देशले अर्किड कलेजलाई ४–३ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।

खेलको निर्धारित समयमा दुवै टोली गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलको प्लेयर अफ म्याच बेलबारीका गोलरक्षक प्रशान्त न्यौपाने भए ।

हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसान खेल सप्ताहको औपचारिक खेलहरू माघ १० गतेदेखि १६ गतेसम्म हुनेछ ।

तर, फुटबल खेलको टोली धेरै भएका कारण निर्धारित मितिमा सबै खेल सम्पन्न नसक्ने भएको हुँदा १० गते अघिदेखि खेलाउन थालेको हिसानका अध्यक्ष अमित ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.