कान्तिपुर, जेभियर्स, ग्यालेक्सी र मेरिल्याण्ड विजयी

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १०, बिहीबार १९:००

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान)मोरङले आयोजना गरेको ‘हिसान स्पोट्स मीट’अन्तर्गत फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सी तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड कलेज विजयी भएका छन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले बिकेभीएम स्कुललाई टाइब्रेकरमा ४–३ को गोल फरकमा पराजित गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका भरत चौधरी (राजन)भए ।

त्यस्तै, दोस्रो खेलमा जेभियर्स स्कुलले अरनिको कलेजलाई ४–० गोल अन्तरमा पराजित गरेको छ । जेभियर्सका प्लेयर अफ द म्याच आकाश बिकले २ गोल तथा आर्या त्रिखत्री र सुमित साहले १–१ गोल गरे ।

त्यसैगरी, तेस्रो खेलमा ग्यालेक्सी पब्लिक स्कुलले बुद्ध कलेजलाई २–१ गोलमा पराजित गर्यो । ग्यालेक्सीका लागि प्लेयर अफ द म्याच सुजन सरदार र दीपककुमार चौधरीले समान १–१ गाले गरे भने बुद्धका लागि गणेशकुमार थारूले १ गोल फर्काए । 

क्रिकेटतर्फ पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन कान्तिपुर कलेजले भानु कलेजलाई ३४ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ थालेको कान्तिपुरले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ७९ रन बनायो ।

प्लेयर अफ म्याच क्रितिक कामतले ३३ रन बनाए । भानुका हरेराम सिंह र राहन शर्माले १–१ विकेट लिए ।

८० रनको चुनौती पाएको भानुले ९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ४५ रनमै समेटियो । भानुका सुजित महतोले १० रन जोडे । कान्तिपुरका खेमराज हमाल र अरविन्द मण्डलले समान ३–३ विकेट लिए ।

अर्को खेलमा मेरिल्याण्ड कलेजले सगरमाथा कलेजलाई ५७ रनले हरायो । टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १९ ओभर ३ बलमा सबै विकेटको क्षतिमा ९७ रनको योगफल तयार पार्यो ।

मेरिल्याण्डका महमद अलीले २१ रन बनाए । सगरमाथाका आयुश कार्की, ब्रह्मदेव यादव र प्रियान्सु गोसाईले समान २–२  विकेट लिए ।

९८ रनको लक्ष्य पुछ्याउने क्रममा सगरमाथाले ८ ओभर १ बलमा सबै विकेटका क्षतिमा ४० रनमै समेटियो । सगरमाथाले अतिरिक्त १८ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाएनन्।

मेरिल्याण्डका प्लेयर अफ म्याच आयुश साहले ६ विकेट लिए ।     

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.