पूर्वविभागीय प्रमुख मल्लको बिदाइ

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १०, बिहीबार १९:५८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रशासन विभागका पूर्व प्रमुख प्रेमबहादुर मल्ललाई बिहीबार बिदाइ गरेको  छ । ५८ वर्षे उमेरहदका कारण माघ ९ गते अनिवार्य अवकास प्राप्त गरेका मल्ललाई बिदाइ गरिएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, विभागीय प्रमुख भोजानन्द राई, तालिम तथा प्रशिक्षण विभागका निर्देशक शोभितराज प्रसाईंलगायत विभिन्न शाखाका प्रमुख, कर्मचारीलगायतले मल्ललाई बिदाइ गरे । अधिकृत प्रथम श्रेणीबाट अवकास प्राप्त मल्ल २०५३ साल असोज ४ गते राखेप सेवामा प्रवेश गरेका थिए ।

मल्लले आफ्नो सेवा अवधिमा तत्कालीन सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा खेलकुद विकास विभागमा प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

२०८० साल असोजमा ३ सय ४२ जना कर्मचारीको बढुवा हुँदा मल्लको पनि विशेष योगदान थियो । बिदाइका अवसरमा सदस्य–सचिव घिसिङले अनिवार्य अवकास नियमित प्रक्रिया भएको बताउँदै मल्लले आफूलाई दिएको जिम्मेवारी राम्ररी निर्वाह गरेको बताए ।

मल्लले सबै कर्मचारीबाट सहयोग पाएको बताउँदै सबैप्रति आभार व्यक्त गरे । राखेपले मल्लको स्थानमा गत पुस २९ गते भोजानन्द राईलाई विभागीय प्रमुखको जिम्मेवारी सुम्पिसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.