यु १९ महिला विश्व कपमा नेपाल र मलेसिया खेल्दै

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ११, शुक्रबार १२:००

काठमाडौं । मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले आजको खेलमा घरेलु टोलीको मलेसियाको सामना गर्दैछ ।

विश्व कपको १३औं देखि १६औं स्थानका लागि हुने प्लेअफ खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुँदैछ । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए ।

पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

विश्व कपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । उता, मलेसिया भने भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।

मलेसिया र नेपाल यु १९ सन् २०२३ विश्व कपको एसिया छनोटमा एक पटक आमने सामने भएका छन् । त्यो भेटमा नेपाल २५ रनले विजयी भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.