मनमोहन विश्वविद्यालयमा ‘स्पोर्ट्स मिट’ सुरु

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १३, आइतबार १८:१६

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकमा ३ दिने ‘स्पोर्ट्स मिट’ सुरु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–१ हात्तीमुढास्थित विश्विद्यालय परिसरमा आइतबारदेखि मनमोहन स्मृति ‘स्पोर्ट्स मिट’–२०८१ सुरु भएको हो । उद्घाटन मनमोहन प्राविधिक विश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले गरेका छन् ।

प्रतियोगिताको उदघाटन गर्दै चौधरीले आगामी दिनदेखि आंगिक शिक्षालय पोलिटेक्निकको मात्र नभएर विश्वविद्यालयका विभिन्न संकायहरुलाई सहभागी गराएर खेलकुद बोर्डसँगको सहकार्यमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिपर्ने बताए ।

पोलिटेक्निकका प्रचार्य इन्जिनियर सुदीप अधिकारीले शारीरिक तन्दुरुस्ती र आत्मअनुशासनका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुन्छ भन्दै ‘स्पोर्ट्स मिट’मा शिक्षालयका विभागीय टोलीहरु बीच स्वच्छ प्रतिस्पर्धा हुने जानकारी दिए । प्रचार्य अधिकारीले अगामी वर्षदेखी प्रेदशस्तरीय प्राविधिक शिक्षालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रयास गर्ने बताए ।

उद्घाटन सत्रमा विश्वविद्यालयका परीक्षा नियन्त्रक भीप्रसाद काफले, पोलिटेक्निकका प्रशासन प्रमुख सुजन भुर्तेल, तालिम संयोजक लोचन न्यौपाने, इन्जिनियरहरु युवराज चौधरी, दिपेश यादव, रामप्रसाद यादव, इलाका प्रहरी कार्यालय नेमुवाका सई भुवन श्रेष्ठलगायत विभागीय शिक्षक कर्मचारीहरुको सहभागिता थियो ।

प्रचार्य अधिकारीका अनुसार मंगलबारसम्म सञ्चालन हुने ‘स्पोर्ट्स मिट’मा पोलिटेक्निकका विभागीय छात्र र छात्रा टोलीहरु बीच फुटबल, भलिबल, डोरीतान, चेस, ब्याडमिन्टनलगायतका खेलहरुमा आन्तरिक प्रतिस्पर्धा हुनेछ । मनमोहन स्मृति पोलिटेक्निकले हरेक वर्ष ‘स्पोर्ट्स मिट’ सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.