
काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिग फुटबलको फाइनल प्रवेशका लागि विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार (आज)दिउँसो २ः४५ बजे विभागीय डर्बीका रुपमा रहेको लिगको दोस्रो क्वालिफायरमा आर्मी र पुलिस आमने सामने हुन लागेका हुन् ।
इलिमिनेटर खेलमा बागमती युथ क्लबलाई पराजित गरी पुलिस दोस्रो क्वालिफायरमा प्रवेश भएको थियो । पहिलो क्वालिफायरमा अर्को विभागीय टोली सस्त्र प्रहरी बलको (एपीएफ)क्लबसँग पराजित हुँदै आर्मीले दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
यस खेलमा विजयी बन्ने टोलीले बुधवार हुने फाइनलमा एपीएफको सामना गर्नेछ । पहिलो क्वालिफायरको विजेता एपीएफले फाइनलमा स्थान बनाएको छ ।



















