संसदमा सामाजिक सञ्जालसम्बन्धि विधेयक, अश्लिल शब्द लेखे दुई वर्ष कैदको प्रस्ताव

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलवार १४:०९

विराटनगर ।राष्ट्रिय सभा संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता भएको छ ।

राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गराएका हुन् । यो विधेयकमा सामाजिक सञ्जालमा कसैले अश्लिल शब्द लेखे दुई वर्षसम्म सजाय हुनसक्ने प्रावधान छ ।

Advertisement

विभत्स तस्बीर, अडियो, भिडियो सेयर गरे तीन महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव छ ।

साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव छ ।

साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिह्न, चित्र, तस्वीर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य–दृश्य, संकेत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्क्याउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता कार्यलाई सम्झनुपर्ने विधेयकमा छ ।

भ्रामक विषयबस्तु प्रसार  गरे २ वर्ष कैद वा तीन लाख रुपैसाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव छ । विधेयककमा भनिएकाे छ ‘यस दफामा कसैले सामाजिक सञ्जालको प्रयोग गरी  अश्लिल शब्द, तस्बीर, संकेत, भिडियो, अडियो मिथ्य वा भ्रामक सूचना प्रसार गर्न नहुने, त्यस्तो सूचनाको दुष्प्रचार वा तोडमोड वा कमेन्ट गरी कसूर गरेमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।’

डिपफेक भिडियो अपलोड र प्रसार गरेपनि दुई वर्ष कैद वा तीन लाख रुपैयाँसम्म सजाय हुने प्रस्ताव छ ।

विधेयक पढ्न यहाँ क्लिक गर्नुहाेस् 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.