
विराटनगर । विराटनगरमा मंगलबार (आज)देखि ‘महानगर स्तरीय कबड्डी’ प्रतियोगिता सुरु भएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगरले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन ४, १४, १६ र १७, नम्बर वडा विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर १४ ले वडा नम्बर २ लाई ६२–२३ ले पराजित गर्यो ।
दोश्रो खेलमा वडा नम्बर १७ ले वडा नम्बर ८ लाई ५१–४४ मा हरायो । तेस्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर १२ लाई ४८–४१ मा पराजित गरेको छ । चौथो खेलमा वडा नम्बर १६ ले वडा नम्बर ७ लाई ५३–१६ मा पराजित गरेको खेल संयोजक हमिद आजादले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार, दोस्रोले ३१ र तेस्रो २ टिमले जनही ११ हजार रुपैयाँका साथै शिल्ड तथा प्रमाणपत्र प्रदान प्राप्त गर्ने छन् । प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य विनोद ढकालले खेलकुदको विकास स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले सम्भावना बोकेको खेलका रुपमा रहेको कबड्डीलाई सरकारले विषेश ध्यान दिनुपर्ने धारणा राखे ।



















