एन्फा महिला लिगको उपाधि एपीएफलाई

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १६, बुधबार १७:३२

काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिगको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको (एपीएफ क्लब)ले जितेको छ ।

बुधबार (आज) भएको लिगको फाइनल खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–० गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो । एपीएफ लिग चरणका सबै खेलमा अपराजित हुँदै उपाधि जित्न सफल भयो ।

एपीएफका लागि सविता राना मगरले २ गोल तथा सरु लिम्बू र अनु लामाले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए ।

एपीएफले पहिलो हाफमा आफ्नो क्षमता अनुसार खेल्न सकेन् । ३० औं मिनेटमा अनिता बस्नेतको लामो प्रहारलाई गोलकिपर उषा नाथले बचाइन् ।

दोस्रो हाफमा एपीएफले पुलिसलाई दबाबमा राख्दै ६४ औं मिनेटमा अनिता केसीले दिएको बलमा सरू लिम्बूले बक्सभित्रबाट दिएको सटिक पासमा सबिता राना मगरले गोल गरिन् ।

६९ औं मिनेटमा एपीएफकी निशा थोकरको लामो पासमा रश्मीकुमारी घिसिङको हेडर पोलमा लागेर फर्कियो । रिबाउन्डमा सुरुले गोल गरिन् । ८३ औं मिनेटमा प्रीती राईको पासमा सविताले अर्काे थपिन् ।

इन्ज्युरी समयमा अनु लामाले खाली पोष्टमा गोल गर्दै टोलीलाई ४–० को जित दिलाइन् । एपिएफले तेस्रो पटक पुलिसलाई हराएको हो ।

एपीएफ यो लिगमा एक खेलमा बराबरीमा रोकिए पनि अन्य सबै खेल जित्न सफल भयो । उपाधिसँगै एपीएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.