
विराटनगर । विराटनगरमा जारी प्याब्सन प्रेसिडेन्ट फुटबल कपमा डीपीएस, बिकेभिएम, ग्यालेक्सी र बुढानीलकण्ठ स्कुल सेमिफाइनलमा पुगेका छन् ।
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा डीपीएस स्कुलले गोदावरी स्कुललाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।
त्यस्तै, बिकेभिएम स्कुलले मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ४–३ गोलमा हराउँदै सेमिफाइनलमा पुग्यो । अर्को खेलमा ग्यालेक्सी स्कुलले अपर्ण स्कुललाई टाइब्रेकरमा ५–३ गोलमा हराउँदै सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी, बुढानीलकण्ठ स्कुलले अरनिको स्कुललाई १–० गोलमा पराजित गर्दै अन्तिम चारमा पुग्यो ।
प्रतियोगिताका सेमिफाइनलका खेल बिहीबार (आज) हुनेछन् । प्रतियोगितामा विराटनगरका २४ वटा निजी विद्यालयले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।



















